निशुल्क स्वास्थ्य परिक्षण तथा वित्तिय साक्षरत कार्यक्रम सम्पन्न

NepalDetail

नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेड र टिम अस्पताल प्रा.ली. डडेल्धुराको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण तथा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम आज गन्यापधुरा गाँउपालिकाको बडाल क्षेत्रमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेड भात्काँडा शाखाका प्रबन्धक रमेश राम वडले नेशनल लघुबित्त र टिम अस्पताल प्रा.ली.विच भएको सम्झौताको बारेमा जानकारी दिदै टिम अस्पताल प्रा.ली.ले नेशनल लघुबित्तका सदश्य तथा एकाघरका सदश्य हरु लाई प्रदान गरिने छुट र छुट प्राप्त गर्ने प्रकृयाको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा वित्तिय साक्षरता सम्बन्धि जानकारी दिनुका साथै टिम अस्पताल प्रा.ली. को तर्फ बाट प्रदान गरिने सेवाको बारेमा जानकारी दिदै गन्यापधुरा गाँउपालिका वडा नं.२ मा रहेका नेशनल लघुबित्तका दुई वटा समुहका ४६ सदश्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position