जीवन ताराले गरे कक्षा–१२ का विद्यार्थीको बिदाइ र नयाँलाई स्वागत

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा सञ्चालित जीवन तारा विद्यालयले कक्षा–१२ का विद्यार्थीको बिदाइ तथा नयाँ विद्यार्थीलाई स्वागत गरेका छन् । एक कार्यक्रम सम्पन्न गरी विद्यालयले कक्षा ११मा भर्ना भएका बिद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम गरेको हो ।
कार्यक्रम गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसालको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापा वडा सदस्य श्रीकृष्ण कारंजित , लक्ष्मी गुरुङ, प्याब्सन काठमाडौँ जिल्ला सचिव एवम् लिबर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल गोकर्णेश्वर प्याब्सन अध्यक्ष डी एन सिवाकोटी एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी गोकर्णेश्वर शिक्षा शाखा अधिकृत प्रविन राईको समेत उपस्थिती रहेको थियो ।
जीवन तारा विद्यालयले व्यवस्थापन र मानविकी सङ्कायमा कक्षा ११ र १२ मा पढाइ गर्दै आएका छन् । विद्यालयले रोजगारमुखी शिक्षासँगै गुणस्तरमा ध्यान दिएर पढाइ गर्दै आएको र आउने दिनहरूमा विद्यार्थीको भविष्यलाई उज्ज्वल बनाउने गरी अघि बढ्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुसूदन ढकालले बताउनुभयो ।
भर्खरै
-
दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली