दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
बिस्व जलबायु परिवर्तनको चपेटामा परिरहेको बेला सि.के रिसर्च एण्ड ग्रिनरी प्रोमोशनले भने बिस्वको ध्यान केन्द्रित गर्ने एउटा अभियान सन्चालन गरिएको छ ।जुन अभियान हो बिस्वको शक्ति राष्ट्र हरुको मुख्य शहरहरुमा ग्रो ग्रिनरी,सेभ द अर्थ लेखिएको सन्देश मुलक ब्यानर लिएर फोटो खिचि सामाजिक सञजाल मार्फत सर्बजानिकिकरण गरी बिस्वले सामना गरिरहेको जलबायु परिवर्तनलाई न्यनिकरण गर्न सबैले हरियालीमा जोड दिउँ भन्ने मुख्य उदेश्यका साथ यो अभियान सन्चालन गरेको सि.के का अध्यक्ष छिन्डुम भोटे बताउनु हुन्छ ।
यस अभियान अन्तरगत दक्षिण कोरियाको ३ वटा भन्दा बढी सहरहरुमा ग्रो ग्रिनरी,सेभ द अर्थ लेखिएको ब्यानर पुर्याई फोटो खिचेर यो अभियानलाई सार्थक बनाउना संखुवासभा जिल्लाको भोटखोला वार्ड नं २ रिदाकको टासी ज्याँग्रा भोटेले २०२५ जुलाई ५ को दिन सो ब्यानर फराएरको छ । यस भन्दा अगाडी बिस्वको अग्लो चुचुरो सगरमाथाको चुचुरोमा समेत फराई सकेको छ । अब अमेरिका तथा युरोपको बिभिन्न शहरमा पनि यो सन्देश पुर्याउँने लक्ष्य रहेको छ ।सि.के ले हाल नेपालमा बाँझो जग्गामा बिभिन्न प्रजातीको बोटबिरुवा तथा फलफुलको बृक्षारोपण गर्दै आईरहेको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
