मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाडौं । बहालवाला मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।मुख्यसचिव अर्यालले अन्तशुल्क स्टिकर घोटालासम्बन्धमा पनि छानबिन भइरहेको छ।
अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा भएको विभिन्न सञ्चार उपकरण र छपाईसँग सम्बद्ध घोटाला प्रकरणमा मुछएपछि मुद्दा चलाउने निर्णय गरेको आयोग उच्च स्रोतले जनाएको छ। ‘अर्यालविरुद्ध केही बेरमा मुद्धा दर्ता हुदैछ’, स्रोतले भन्यो।
मुख्यसचिव अर्यालविरुद्ध विभिन्न आधा दर्जन बढि अनियमितताका मुद्दामा अख्तियारले अनुसन्धान भइरहेको स्रोतको भनाई छ।
टेरामक्स प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्रीत्रय मोहन बस्नेत, गोकुल बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्की तथा बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सचिवहरु महेन्द्रमान गुरुङ र विनोदप्रकाश सिंह पनि मुछिएका छन् ।
भर्खरै
-
दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली