दक्षिण काेरियामा टाशिदिले नाच

NepalDetail

संखुवासभा जिल्लाकाे भाेटखाेला गाउँपालिकाबाट राेजगारीकाे सिलसिलामा  दक्षिण कोरिया –पुगेकाे युवाहरूले नयाँ र एैतिहासिक कार्य गरेकाे छ । उनिहरूले जन्मगाउँकाे सेवा गर्ने उदेश्यका साथ राेजगारीबाट कमाएकाे केही रकम  गोलोव गाईज् दक्षिण कोरिया समाज गठन गरी समाज सेवा गर्दै अाइरहेकाे छ । यसै शिलशिलामा यस समाजकाे  दशौँ वार्षिकोत्सवको अवसर पारेर आगामी अक्टोबर ७ तारिखमा  TASHIDELEK NIGHT Dance Party 2025 अायाेजना गिरने भएकाे छ । साे कार्यक्रम को आधिकारिक पोस्टर आइतबार (2025 अगस्त 24) का दिन सार्वजनिक गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष श्री केदार निरौला रहनुभएको थियो भने  साे कार्यक्रमकाे  अध्यक्ष समाजका वरिष्ठ सल्लाहकार श्री निमा थिकेपा ले गर्नुभएकाे थियाे। कार्यक्रमको सञ्चालन सचिव पेक्मा थिकेपाले गर्नुभएको थियो।

सार्वजनिक कार्यक्रम सिओलको दोङदेमुन स्थित निक नेपाल ट्राभलको हलमा संखुवा सभा सम्पर्क परिवारको समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वी नेपाल समाज दक्षिण कोरियामा आबद्ध २ वटा जातीय संस्था र १४ वटा जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यस अवसरमा समाजका वर्तमान अध्यक्ष श्री मिक्मा रिदार लामाले संस्थाको स्थापना (२०१५) देखि हालसम्मका सामाजिक कार्यहरूमा समाजले गरेको याेगदान तथा कार्यक्रमहरूकाे प्रगति  विवरण प्रस्तुत   गर्नु भएकाे थियाे ।समाजले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा गरी जम्मा रू. २६,०७,७११ (छब्बीस लाख सात हजार सात सय एघार रुपैयाँ) खर्च गरिएकाे जानकारी दिनुभएकाे छ भने निकट भबिश्यमा हुनलागेकाे TASHIDELEK NIGHT आयोजना गर्नुको कारण र उद्देश्य पनि स्पष्ट पार्नुभयो ।

प्रमुख अतिथि श्री केदार निरौलाले गोलोव गाईज् संस्थाले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अघि सारेका सामाजिक अभियन्ताहरूमा सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमकाे अध्यक्ष निमा थिकेपाले सम्पूर्ण सहभागी, संघ–संस्था तथा कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको साथ र समर्थनकाे आग्रह सहित कार्यक्रम समापन गर्नुभएकाे थियाे । भनि नेपाल डिटेललाइ दक्षिण काेरियबाट धाेम्बु  नुप्पा ले जानकारी दिनु भयाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position