टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने

NepalDetail

डडेल्धुरा-जिल्लाको अमरगढी नगरपालिका वडा नं.५ तुफानडाँडा स्थित टिम अस्पताल प्रा.ली.र नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेड विच अस्पतालले प्रदान गर्ने सेवाहरुमा विशेष छुटका लागी द्धिपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ ।

जिल्लाको गन्यापधुरा गाँउपालिकाको भात्काडामा शाखा कार्यालय रहेको नेशनल लघुवित्तको करिव १८०० सदश्य, कर्मचारी तथा सदश्यका एकाघरका परिवारका सदश्यहरु लाई अस्पतालले प्रदान गर्ने सेवाहरुमा विषेश छुट दिने गरी सम्झौता भएको अस्पताल प्रशासक सुरेन्द्र जैरुले बताए ।
सम्झौता बमोजिम अस्पतालले प्रदान गर्ने सेवाहरुमा ५ देखी २५ प्रतिसत सम्म छुट दिईने अस्पतालले जनाएको छ । सम्झौता बमोजिम अस्पताल बाट प्रदान गरिने भिडियो एक्सरे, एक्सरे, प्रयोगशाला, फार्मेसी लगायतको सेवाहरुमा छुट दिने सम्झौतामा उल्लेख गरिएको छ ।

यसका साथै टिम अस्पताल प्रा.ली.को तर्फ बाट नेशनल लघुवित्तका विभिन्न समुहहरुमा समय समयमा निुशल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सम्बन्धि परामर्श प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position