नेपाली नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्न भारतीय कम्पनीलाई जिम्मा दिएको छ । ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीले पाएको हो ।
भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई नोट छपाइका लागि समझौता गर्ने गरी राष्ट्र बैंकले आसय पत्र जारी गरेको छ ।
एक हजार रुपैयाा दरका नोटको डिजाइन, छपाइ र ढुवानीको काम सो कम्पनीले पाउने भएको हो । करिब एक अर्ब ४६ करोड रुपैयाँ बराबरको अमेरिकी डलरमा सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले काम जिम्मा पाएको हो ।
प्रतिस्पर्धामा रहेका ब्राजिल, चीन र फ्रान्सका कम्पनीले बढी रकम कबोल गरेका कारण छनोट हुन सकेनन् ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
