जब साँढेलाई घिसार्दै लग्यो…..

रुपन्देही । छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गाई, गोरू, साँढेलाई ट्रकको पछि बाँधेर घिसार्दै लगेपछि विरोध भएको छ।
डोरीले गाई(गोरूलाई बाँधेर गाडीले घिसार्दै लगिएका फोटा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भइरहेको छ। छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र सुन्दरता समेत हराउन थालेको भन्दै नगरपालिकाले पशुचौपाया नियन्त्रण अभियान सुरू गरेको थियो।
सोही क्रममा सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेर आलोचना भइरहेको छ।
छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका छन्। स्थानीय युवाहरुले बुधबार साँझ नगरपालिका कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए।
भैरहवाका सामाजिक अभियन्ता प्रख्यात बन्जाडेले नगरपालिकाले पशुचौपायामाथि निर्मम यातना दिएको विरोधमा बिहीबार नगरपालिकामा ज्ञापन पत्र बुझाउने बताए।
भैरहवाका समाजदेवी भरत पोखरेलले पनि छाडा पशुचौपाया नियन्त्रण गर्नुपर्ने भए पनि नियन्त्रणको तरिका गलत भएको बताए।
भर्खरै
-
दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली