१० हजार डलर रासीको अवार्ड पाएका डा रुइत भन्छन, यो उपलब्धीले नेपालको सम्मान बढाएको छ
काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन्। बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा डा. रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए।
उनले अवार्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुशी मनाउनुपर्ने उल्लेख गरे। “आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दै आएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो”, डा रुइतले भने, “अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन् भन्ने देखाएको छ। नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ। त्यसलाई बचाउन यसले ठूलो सहयोग गरेको छ।”
सुरुमा अवार्ड पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको डा रुइतको भनाइ थियो। “यति ठूलो अवार्ड पाउँदा एकछिन त म आफैँले विश्वास गर्न सकिनँ। पछि राम्रो लाग्यो। अनि अवार्ड पाएको कुरा कसलाई भनूँ, कसलाई भनूँ भयो”, उनले भने।
अवार्डले संसारमा अन्धोपनका क्षेत्रमा नेपालीले गरेको योगदानलाई स्थापित गरेको डा रुइतको भनाइ छ। उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए। ६ व्यक्ति तथा संस्था छनोट चरणको अन्तिम सूचीमा परेका थिए।
वरिष्ठ आँखा चिकित्सक डा रुइतले नेपालमा अझ पनि पहुँच नपुगेको ठाउँमा आँखाको क्षेत्रमा काम गर्न प्रयास गरिरहेको बताए। उनले सबै मिलेर नेपालमा पहुँच नभएको ठाउँमा आँखाको सेवालाई विस्तार र सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गरे। “आँखाको लेन्स बनाएर अन्तर्राष्ट्रियरूपमा निर्यात गर्नुपर्छ”, उनले भने।
बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ। अवार्डको राशि १० लाख डलर रहेको छ।
डा रुइतले मोतिबिन्दु उपचार गर्ने सरल विधि ९रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स० को विकास गरेका छन्। उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको बताइएको छ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
