विहेभोज देखि पार्टीसम्म गुणस्तरहीन वियर र रक्सीको प्रयोग बड्दो
अफर दिएको वाहानामा वियरको प्रयोग
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका ६० लाख बराबरको करिब २ हजार एक सय कार्टुन बार्हसिंगे बियर बरामद गरेको छ।
विभागले बजार अनुगमनकोक्रममा टोलीले बजार निरीक्षण गर्ने क्रममा याक ब्रुअरी कम्पनीले उत्पादन गरेको बार्हसिंगे बियर काठमाडौँको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा भण्डार गरेको अवस्थामा बरामद गरेको जनाएको छ।
निरीक्षण टोलीले कारबाहीका लागि गोदाम सिलबन्दी गरेको छ। विभागले दिएको जानकारी अनुसार ६५० मिली लिटर र ३३० मिली लिटरका बोतलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको छ।
विभागले विशेष गरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा उपभोग्य अवधि सकिएका ९गुणस्तरहीन० बियर लगायत अन्य हल्का पेय पदार्थको कारोबार हुनसक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्तारडिलरहरूको बिक्री तथा गोदाम कक्षको निरीक्षणलाई विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको जनाएको छ।
यस अगाडि प्रहरीले विदेशी र नेपाली ब्रान्डका चल्तीका ब्रान्डको नक्कली रक्सी उत्पादन स्थलमा छापा मार्दै त्यस्ता रक्सीहरू रात्रिकालीन व्यवसायमा प्रयोग हुने गरेको खुलाएको थियो।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
