साहित्य
डरलाग्दो माया
मलाई फूलको माया लाग्छ भन्यौ र फूल चुँड्यौ
मलाई सबै प्राणीको माया लाग्छ भन्यौ र सेकुवा मगायौ
अब तिमी मेरो माया लाग्छ भन्दै छौ
तिमी मेरो टाउको चुँड्छौ कि मेरो सेकुवा बनाउँछौ ?
मलाई देशको माया लाग्छ भन्यौ र देश बिरुद्ध बन्दुक उठायौ
मलाई गरिबको माया लाग्छ भन्यौ र गरिबको उठिबास लगायौ
अब तिमी मेरो माया लाग्छ भन्दै छौ
मलाई सहिद बनाउँछौं कि उठिबास लगाउँछौ ?
मलाई नेपालको माया लाग्छ भन्यौ र विदेशिने अठोट गर्यौ
नेपालमा बुद्ध जन्मिएकोमा गर्व गर्यौ र पुर्खादेखिको बुद्ध धर्म त्यागेर अर्कै धर्म स्वीकार्यौ
अब मसँग बस्न रमाइलो लाग्छ भन्दै छौ, मेरो प्रेममा गर्व गर्दै छौ
मलाई छोडर अन्तै जान्छौ कि यहीँ अर्कैसँग बस्छौ ?
भर्खरै
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
