च्याम्पियनसिप: नेपालले आज बङ्गलादेशसँग खेल्ने
काठमाण्डौ । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो ।
सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो । हिजोदेखि शुरु भएको प्रतियोगितामा भारतले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
