प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँः रास्वपा सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले भने, “प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन ।”
आफ्नो पार्टी विगतमा अन्य पार्टीले गरेको जस्तो गल्ती गर्न नआएको भन्दै सांसद परियारले मुलुकको मुहार परिवर्तन गर्ने विश्वासका साथ सरकारमा सहभागी भएको बताए । “जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ”, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले आम नागरिकको सपनालाई जगाएको उल्लेख गर्दै सांसद परियारले सरकारमा रहेर जनताको हित गर्ने पार्टीको एकमात्र उद्देश्य रहेको बताए । उनले संसद्लाई सुसंस्कृत अभ्यास गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
भर्खरै
-
दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली