प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन ‘ह्विप’ जारी गरेको छ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ‘ह्विप’ जारी गरेको रास्वपा सांसद निशा डांगीले जानकारी दिइन् ।
उनका अनुसार बैठकले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो । यस्तै, बैठकले सरकारमा सहभागी हुने पार्टीको निर्णयलाई पनि अनुमोदन गरेको उनले बताइन् ।
प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।
अघिल्लो सोमबार रास्वपा नयाँ गठबन्धनमा सामेल भएको थियो । चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
