पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको हो ।
पिएनजीका लागि टोनि उराले अर्धशतक प्रहार गरे । उनले ६१ रन बनाए । यसैगरी एली नाओ ३० रनमा अविजित रहे ।
नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीनरतीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकएक विकेट लिए ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
