प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचलाई तीव्रता दिएको छ ।

विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारीसाधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो ।
उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारीसाधनले तोकिएको मापदण्ड पालना गरे÷नगरेको यकीन गर्न यो अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई प्रहरीले तत्कालै कानुनअनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ । मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्ने भएकाले जरिवानासहित कारबाही प्रक्रिया अघि बढाएको हो ।
भर्खरै
-
रास्वपाका सांसद्लाई सभापति लामिछानेले भने:आफ्नो क्षेत्रमा बजेट लैजान दबाब नदिनुहोस्
-
सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने
-
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
-
दक्षिण काेरियामा टाशिदिले नाच
-
भूसंरक्षण दिवस चुरो कुरा
-
दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
