आहा मनमोहक आलिताल (फोटोफिचर)
सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालिका–३ स्थित मनमोहक आलितालको सुन्दरताको व्याख्या गरिसाध्य छैन ।

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको आलिताल पुग्दा स्वर्ग पुगेको आभास हुन्छ । दिनभर रूप फेरिरहने आलिताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलले सजिएर ‘स्वर्गकी अप्सरा’ जस्तै देखिन्छ ।

बसन्त आगमनसँगै घामको किरणअनुसार आलितालले रंग फेरिरहन्छ । प्रकृतिको यस मनमोहक रङ्गमा मानवको मन चञ्चल र उमङ्गित हुन जान्छ ।

समुद्री सतहदेखि आठ सय मिटरको उचाईमा रहेको आलिताल धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । हाल आलिताल पुग्न पहिलेको जस्तो बाटो असहज पनि छैन । डडेल्धुरा धनगढी भिमदत्त राजमार्गको मध्यविन्दु बुडर बजारबाट करिव १५ किलोमिटर दुरीमा पक्की सडकबाट यात्रागर्दै घुम्ती बजारबाट २७०० मिटर लामो जुनसुकै सवारी साधन जान सक्ने ग्राभील सडकबाट निर्धक्क आलिताल पुग्न सकिन्छ ।

कञ्चनपुरको बाटो भएर आउन पनि देजी लिप्ना सडक खण्ड कटाएर भित्रिमधेस क्षेत्रको केन्द्र जोगबुडा बजार हुँदै आलितालसम्म पुग्न झण्डै पचास किलोमिटरको सडक यात्रा छिचोल्नु पर्छ । बसन्त ऋतुको आगमनसँगै आलितालले आफैलाई श्रृङ्गारेर मनमोहक बनाउने भएकाले आलिताल घुम्नको लागी उपयुक्त मौसम यही हो । वनभोज खान चाहनुहुन्छ भने भाडाकुँडासहितको पिकनिक स्पट आलितालमै भएपछि के चाहियो ? यसपाली आलिताल घुम्न र रमाउन जाने होईन त ?
भर्खरै
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
-
निशुल्क स्वास्थ्य परिक्षण तथा वित्तिय साक्षरत कार्यक्रम सम्पन्न
