सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
काठमाडौँ – आज सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही जिल्लामा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशसहित अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । तराईका एक/दुई स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ ।
यस्तै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य हिमाली र पहाडी क्षेत्रमा एक/दुई स्थानमा मेघ गर्जन, चट्याङ र मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले मेघ गर्जन, चट्याङ तथा हुरीबतासको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
