दोस्रो मेयर कप बैशाख ६ देखि हुने
काठमाडौं । ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बैशाख ६ गतेबाट सुरु हुने भएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ललितपुर महागरपालिकाको मुख्य प्रयोजनमा सञ्चालन हुने प्रतियोगिता बैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुने पक्का भएको हो । प्रतियोगिताका खेलहरु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा सञ्चालन हुनेछ ।
महिला र पुरुष गरि दुई स्पर्धामा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुने टिमले बैशाख ३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ ।
नेपालको भलिबल खेलको विकासमा महत्वपुर्ण योगदान गर्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले ललितपुर महानगर पालिकाको सहयोगमा मेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजनाको सुरुवात गरेको हो ।
Topics
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
