कुलमानसँग माग्यो स्पष्टीकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।
‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’
आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्रश्न गरेको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी पोष्टरमा तपाईंको समेत फोटो राखी प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएको समाचार प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ स्पष्टीकरण पत्रमा सोधिएको व्यहोरा उदृत गर्दै सचिवालयले भन्यो, ‘७ दिनभित्र आयोगलाई चित्तबुझ्दो जवाफ दिनुहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’
भर्खरै
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
