वर्ल्डलिङ्कको एक जीबीपीएस गतिको इन्टरनेट
काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले एक जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । शनिबार आयोजित वर्ल्डलिङ्क कार्निभल २।० कार्यक्रमको अवसरमा कम्पनीले यो नयाँ प्याकेज ल्याएको हो ।
वर्ल्डलिङ्कका अनुसार यो प्याकेज प्रविधिबाट उत्साहित हुने, रचनात्मक कार्यमा रुचि राख्ने, गेमर र स्ट्रिमर जस्ता उच्च रेजोलुसनमा स्ट्रिमिङ गर्ने, थुप्रै डिभाइस तथा उच्च अपलोड स्पिड आवश्यक पर्ने ग्राहकहरूका लागि उपयुक्त हुनेछ । कम्पनीले एक जीबीपीएस गतिको इन्टरनेट प्याकेजका लागि एक वर्षको मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
यसरी वार्षिक प्याकेज लिने ग्राहकलाई यो प्याकेज लिँदा मासिक तीन हजार तीन सय ३३ रुपैयाँ पर्न आउँछ । यो प्याकेज लिन चाहने ग्राहकले राउटरको लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्नेछ ।
जसमा डुअल ब्यान्ड राउटर र ड्रप वायर निःशुल्क पाइनेछ । तर यदि मेश वाईफाई सिस्टम राख्न चाहनुहुन्छ भने त्यसका लागि अतिरिक्त शुल्क लाग्ने कम्पनीले जनाएको छ । यो प्याकेजमा नेटटिभी जडान गर्न चाहेको खण्डमा एउटा सेट टप बक्स निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।
जसका लागि पाँच सय रुपैयाँ डिपोजिट राख्नुपर्ने उल्लेख छ । त्यसपछि दोस्रो एसटीबी राख्दा त्यसका लागि दुई हजार रुपैयाँ शुल्क तथा पाँच सय रुपैयाँ डिपोजिट राख्नुपर्नेछ ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
