बलात्कारको झुठो उजुरी दिने युवतीलाई ३ महिना कैद

दैलेख । आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान दिने एक युवतीलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको छ। एक २२ बर्सिया युवतीलाई दैलेख जिल्ला अदालतले यस्तो सजाया सुनाएको हो।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीबार यस्तो सजाय गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए। प्रहरीमा आफैले दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले गाउँको रिस्विबीले उजुरी दिएको भनी बयान बदलेको कारण यो सजाय भएको हो।
राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ। बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका- ५ कट्टी गाउँका २३ वर्षीय दीपेन्द्र शाहीलाई अदालतले सफाई दिएपछि कारागारबाट छुटेका छन्।
झन्डै दुई वर्ष अघि २०७७ वैशाख २० गते आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते दिएको उजुरी दिएकी थिइन्। डेढ वर्षपछि अभियोग लगाइएका व्यक्ति पक्राउ परेका थिए।
भर्खरै
-
दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली