पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल
काठमाडौं । सरकारले पाथीभर केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षको मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
आजको राष्ट्रियसभाको बैठकमा शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले पाथीभर केबलकार निर्माणका सन्दर्भमा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन समेत अपिल गर्नुभयो ।
सरकारले सिंहदरबार परिसरमा रहेका निकायहरूका भवनको समग्र विपद् जोखिम मूल्याङ्कन गर्नका लागि एक समिति गठन गरी कार्य अघि बढाएको गृहमन्त्री लेखकले सभालाई जानकारी गराउनुभयो ।
बैठकमा राष्ट्रियसभाका सांसदहरुले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारले गरेको तयारी, पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर भइरहेको आन्दोलनलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
