भारतको विजुली ३८ बाट २० रुपैयाँमा झरेपछि नेपाललाई राहत
काठमाडौं । गत साता भारतको विद्युत नियमन आयोगले ३८ रुपैयाँ नेपाली मुल्य तोकेको भारतीय विजुलीको मुल्यमा कमी आएको छ । हाल १२ रुपैयाँ भारु अर्थात २० रुपैयाँ नेपालीमा खरिद गर्न पाइने भएपछि नेपाललाई थप राहत मिलेको हो।
एकै सातामा १८ रुपैयाँ प्रति युनिट विद्युत मुल्यमा कमी आएपछि नेपाल विद्युत प्राधिकरणलाई मुल्यमा सहुलियत पुगेको छ । अझै नेपालले सुख्खा मौसम सक्ने समय अर्थात डेड महिना समय भारतबाट विद्युत खरिद गरी आपुर्ति गर्नुपर्ने बाध्यता रहेको छ ।
शुक्रबार देखि भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ ।
यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत नियमन आयोगले यसअघि प्रतिनियुट भारु २०मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको हो । एक निर्देशन जारी गर्दै बिजुली महंगोमा किनबेच हुँदा पर्नसक्ने असरहरुलाई न्युन गर्न मूल्यको सीमा घटाइएको आयोगले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता तथा भार प्रेषण केन्द्रका प्रमुख सुरेश बहादुर भट्टराईका अनुसार अब भारतबाट भारु १२सम्म ‘बिड’ (बोलकबोल) गरेर विद्युत खरिद गर्न सकिने छ । रुस–युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
