जुम्लामा रारा अल्ट्रा म्याराथन
जुम्ला । जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु गरिएको हो ।
कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा भएको उक्त म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरे । क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्वबारे बुझाउन तथा खेल संस्कृतिको विकास गर्न म्याराथन सुरु गरिएको बताए ।
कीर्तिमानी धावक हरिबहादुर रोकायाले अल्ट्रा म्याराथन पहाडमा दौडिँदै शान्तिको आनन्द लिने माध्यम भएको धारणा राखे । कर्णाली स्पोर्टस् क्लबका अनुसार हालसम्म दौडका लागि ६० जनाले नाम दर्ता गराएका छन् । प्रथम हुनेले एक लाख २५ हजार, द्वितीयले रु ६२ हजार ५००, तृतीयले रु ३७ हजार ५०० र सान्त्वना पुरस्कार सात जनालाई जनही ६ हजार ५०० का दरले प्रदान गरिने छ । जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ मन्दिरबाट चेरे लेक, बुलबुले हुँदै रारातालमा गएर दौड सकिनेछ ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
