यती एअरलाईन्सबाट यात्रा गर्ने यात्रुको एक लाखको दुर्घटना बीमा
काठमाडौँ । यती एअरलाइन्सले नयाँबर्ष २०७९ को अवसरमा ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ । एअरलाइन्सले आफ्ना यात्रुलाई लक्षित गरी सानिमा जनरल ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पहिलोपटक यो अफर ल्याएको हो ।
एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न एअरलाईन्स संवेदनशील रहेकोले यात्रुका लागि ‘एक्स्ट्रा केयर अफर’ ल्याएको जानकारी दिए ।
उनका अनुसार यस योजनामा यतीको मोबाइल एप तथा वेबसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन अवधि सम्मका लागि एक लाखसम्मको दुर्घटना बीमा प्राप्त गर्नेछन् । यो योजना नयाँवर्ष २०७९ बैशाख १ गतेबाट लागू हुनेछ ।
उक्त योजनामा यात्रुले जति पटक यात्रा गर्यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा भएको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति देखि ३० दिनसम्मको बीमा प्राप्त हुनेछ भने अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ ।
हालको लागि उक्त अफर ३ महिनाका लागि लागू हुने प्रवक्ता बर्तौलाले बताए । उक्त अफर अहिलेको लागि नेपाली यात्रुलाई मात्र लागू हुने र प्राथमिकता हेरेर आगामी दिनमा म्याद थप हुने कम्पनीले जनाएको छ ।
बीमा प्राप्त गरेका यात्रुको बीमा अवधिमा दुर्घटना भएमा औषधी उपचारका लागी १० हजारसम्म र मृत्यु भएमा बीमाङ्कको शत प्रतिशत रकम प्राप्त गर्नेछन् । बीमा दाबी सम्बन्धी सर्वाधिकार बीमा समितिको पोलिसी अन्तर्गत सानिमा जनरल ईन्स्योरेन्स कम्पनीमा निहित हुने एअरलाइन्सले जनाएको छ ।
विगत केही समयदेखी यात्रुहरुको सुरक्षाका साथै सहुलियत र सुविधामा पनि ध्यान दिई विभिन्न कार्य गर्दै आएको यतीले भविष्यमा पनि यस्ता अफर ल्याउने जनाएको छ ।
यती एअरलाइन्स र भगिनी संस्था तारा एअरले हाल देशको सर्वाधिक ठाँउमा उडान सञ्चालन गर्दै आएका छन् ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
