भोली देखि अन्तर्राष्ट्रिय रेस्लिङ
काठमाडौं। भोली शनिबार देखि नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा एक दिने अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता भृकुटिमण्डपमा शुरु हुने भएको छ । चैते दशैं तथा नयाँ वर्षको अवसरमा प्रतियोगिता हुन लागेको हो ।
रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरहरुले प्रतिस्पर्धा गर्ने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्काले जनाइन् । नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनिषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्ने छन् ।
अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र असासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्ने छन् ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
