तिव्वतबाट आठ र नेपालबाट दोस्रो गरी १० औँ पटक सगरमाथा आरोहण गर्दै लाक्पा शेर्पा
काठमाडौं । आठ पटक तिव्वत तर्फको बाटोबाट सगरमाथाको आरोहण गरेकी संखुवासभा जन्मिएकी अमेरिकी निवासी लाक्पा शेर्पाले दोस्रो पटक नेपालको बाटो हुँदै सगरमाथाको आरोहण गर्ने भएको छ ।
यस अघि धेरै पटक सगरमाथाको आरोहण गर्ने महिलामा विश्वकीर्तिमान बनाएकी आरोही शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्ने बताइन ।
नौ पटक सफल आरोहण गरी सक्नु भएकी लाक्पा १० औँ पटक सगरमाथा आरोहणका लागि आधारशिविर तर्फ जान लाग्नु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट क्लवका प्रमुख मिङमा शेर्पाले जानकारी दिए ।
लाक्पाले यस अघि सन् २०००, २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेकी हुन् । यो वर्षको आरोहणपछि धेरै पटक सगरमाथा आरोहण गर्नुहुने महिलाको कीर्तिमान तोडिने भएको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
