७० देशका ७३८ आरोही हिमाल चढ्दै
काठमाडौं । यस वर्षको बसन्त मौसममा ७० देशका ७३८ जना आरोहीले नेपालका अग्ला हिमालहरुको आरोहण गर्ने भएका छन् । युद्धरत रुस र युक्रेन सहित ७० देशका आरोहीले सर्वोच्च शिखर सगरमाथा लगायतका २१ वटा अग्ला हिमालहरुको आरोहण अनुमती लिएको पर्यटन विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार रुसबाट २५ जना र युक्रेनबाट १ जना आरोहीले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये १५५ जना महिला र ५८३ जना पुरुष छन् । अप्रिल १५ सम्मको विवरणअनुसार यस वर्ष सबैभन्दा बढी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि हालसम्म ११७ जना अमेरिकी आरोहीले अनुमति लिएको विभागले जानकारी दिएको छ ।
त्यस्तै, बेलायतबाट ७४, भारतबाट ५५, क्यानडाबाट २८, नेपालबाट ५५, फ्रान्सबाट ५०, अष्ट्रेलियाबाट २४, इरानबाट १८, जापानबाट १२, आयरल्याण्डबाट १०, नेदरल्याण्ड्सबाट १४, नर्वेबाट १२, दक्षिण कोरियाबाट १४, रोमानियाबाट ११ ले आरोहणको अनुमति लिएका छन् ।
त्यस्तै, एन्डोरा, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, चिली, चीन, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, इजिप्ट, एल साल्भाडोर, फिनल्याण्ड, जर्जिया, जर्मनी, ग्रीस, होण्डुरस, हङकङ, इराक, आयरल्याण्ड, इजरायल, इटाली, कजाकास्तान, केन्या, लिथुवानिया, मलेसिया, मेक्सिको, मंगोलिया, मोरोक्को, न्युजल्याण्ड, न्युजल्याण्ड, ओमान, पाकिस्तान, पेरु, पोल्याण्ड, पोर्चुगल, कतार, कोसोभो, मेसेडोनिया, रोमानिया, साउदी अरब, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वाजील्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, उरुग्वे र भियतनाम लगायतका देशका नागरिकले पनि हिमाल आरोहणको लागि अनुमति लिएको जनाइएको छ ।
अनुमति लिएका आरोहीहरुबाट सरकारले ३९ करोड ५१ लाख ७० हजार २३१ रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ । सगरमाथापछि वसन्त ऋतुमा ल्होत्से हिमाल आरोहणका लागि बढी आरोहीले अनुमति लिएका छन् । हालसम्म ९० आरोहणदलबाट ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन्। सगरमाथा आरोहणको लागि हालसम्म २६२ जनाले अनुमति लिइसकेका छन्।
आरोहण हुने थप हिमालहरुमा अमादब्लमका लागि ६५, अन्नपूर्ण १ का लागि २६, अन्नपूर्ण ४ का लागि ९, बरुन्त्से हिमालका लागि २०, भेम्डिङ–रि हिमालका लागि ८, धौलागिरिका लागि २७, गंगापूर्ण हिमालका लागि २, हिमलुङ हिमाल आरोहणका लागि ३५, कञ्चनजङ्घाका लागि ६७, खाङचुङ पिकका लागि २, ल्होत्सेका लागि ९४, मकालुका लागि ३९, मनास्लुका लागि ९, मुकोट हिमालका लागि ४, र्नोबु खाङ हिमालका लागि ५, नुप्च्से हिमालका लागि ३८, पुखाङ हिमालका लागि ५, पोखार–खाङ हिमालका लागि ९, सगरमाथाका लागि २६२, थापा पिकका लागि १० र उर्खमान हिमालका लागि २ जनाले अनुमति लिएका छन्।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
