पेट्रोल र बिजुली दुबैबाट चल्ने स्कुटर सार्वजनिक
काठमाडौं । पेट्रोल मुल्य प्रति लिटर १६० रुपैयाँ पुगेसँगै विजुली र पेट्रोल दुबैबाट चल्ने स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । सुन्दर यातायातले विहीबार पेट्रोल र बिजुली दुबैबाट चल्ने स्कुटर सार्वजनिक गरेको छ।
भारतीय तथा चिनियाँ प्राविधिकको सहजीकरणमा सुन्दर अटो इन्जिनियरिङले तयार गरेका स्कुटर सार्वजनिक गरेको हो। पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा बिजुलीबाट चल्ने स्कुटर चढ्दा धेरै सहुलियत मिल्ने कम्पनीले जनाएको छ । १६० रुपैयाँ पर्ने एक लिटर तेलले २५ किलोमिटर गुड्ने तर विद्युतीय स्कुटर सोही किलोमिटर गुड्दा सात रुपैयाँ मात्र खर्च हुने भएपछि सस्तो पर्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।
यी स्कुटर ब्याट्री पूरा चार्ज गर्दा एक सय किलोमिटरसम्म गुड्न सक्छन्। ब्याट्रीबाट चलाउन मन नलागेको अवस्थामा अथवा ब्याट्रीको चार्ज सकिएको अवस्थामा पेट्रोलबाट चलाउन सकिन्छ। यसका लागि स्कुटरका बटन राखिएको छ। आवश्यकता अनुसार बटन रोज्न सकिन्छ। कम्पनीले स्कुटरको सुरुवाती मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकेको छ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
