गैरकानूनी गतिविधि गर्ने चीनियाँ नागरिक छुटाउन दूतावास सक्रिय
काठमाडौं । नेपालमा गैरकानूनी क्रियाकलाप सञ्चालन गर्दै आएका आफ्ना नागरिकलाई छुटाउन चिनियाँ दूतावास लबिइङ गरि रहेको बुझिएको छ । एटीएम ह्याकिङ, अनलाईन गेम्बलिङ तथा कल बाईपास जस्ता गतिविधिमा संलग्न भन्दै बैशाख ११ गते आइतबार प्रहरीले महाराजगञ्जबाट पक्राउ परेका २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
नेपाल प्रहरीको टोलीले महाराजगंज स्थित एउटा घरबाट ३० वटा भन्दा बढी ल्यापटप, दर्जनौं मोबाइल फोनका साथै अन्य उपकरणहरू सहित पक्राउ गरेको जनाएको छ । अनलाईन गेमिङ, कल बाईपास र एटीएम ह्याकिङ मा प्रयोग हुने सफ्टवेयर र उपकरण जस्तो देखिने प्रहरी श्रोतको भनाई रहेको छ ।
विगतमा पनि एटीएम ह्याकिङ, अनलाईन गेम्बलिङ तथा कल बाईपासकालागि नेपाल चिनियाँ नागरिकले नेपाललाई सजिलो गन्तव्यकारूपमा रूचाउँदै आएक थिए ।
पक्राउ परेका युवाहरुलाई छुटाउन भन्दै दुतावासनै लागि परेको प्रहरी स्रोतको भनाई छ । करिब २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरी निजहरूलाई टेकु, नयाँ बानेश्वर, महाराजगंज र दरबारमार्गमा हिरासतमा राखिएको छ । उक्त २२ जनाको टोलीमा १० जना महिला रहेका छन् ।
महानगरिय प्रहरी अपराध महाशाखाले निजमाथि विस्तृत अनुसंधान गर्न खोजेको भएपनि चिनियाँ दूतावाशको दवाबमा निजहरूलाई भीसाको म्याद गुजारेर ओभर स्टे गरेको आरोपमा न्युनतम जरिवाना असुलेर छोड्नुपर्ने भनी दूतावाशका कूटनीतिक अधिकारी लबिईङ गरीरहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले भने पक्राउ परेका अभियुक्तहरुलाई अध्यागमन विभागमा कारवाहीका लागि जिम्मा लगाइएको जानकारी दिए । पर्यटक भिषामा नेपाल प्रवेश गरी लामोसमय सम्म नेपालमा रहेर गैरकानुनी गतिविधि गर्दै आएको प्रहरीको आरोप छ ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
