भोलीदेखि आन्तरिक उडान बन्द गर्ने चेतावनी
काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीहरुले भोलि बैशाख १६ गते आन्तरिक हवाई उडान सेवा बन्द गर्ने चेतावनी दिएको छ । विहीबार विज्ञप्ती जारी गर्दै वायूसेवा सञ्चालक संघ नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भन्दै सेवा ठप्प पार्ने जनाएका हुन् ।
प्राधिरकणले भोलि बैशाख १६ गते देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेको भन्दै आपत्ति जनाएका छन् । प्राधिकरणले विहीबारदेखि लागु हुने गरी ७ वटा विमानस्थलमा रात्रीकालिन अर्थात १८ घण्टा सेवा सूचारु गर्ने निर्णय गरेका छन् । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढी र नेपालगन्ज विमानस्थलमा १८ घण्टा सेवा सुचारु हुने भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए ।
प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका नौ वटा आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
