निसीखोला गाउँपालिका अध्यक्ष घर्ती लागुऔषध मुद्दामा दोषी ठहर
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध गाँजारचरेससम्बन्धी कसुरमा दोषी ठहर भएका छन् ।
निसीखोला गाउँपालिका-६ को वडाअध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ३ पुस ०७९ मा ठहर भएको हो ।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेसनियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
अध्यक्ष घर्तीलाई अदालतले दोषी ठहर गरे पनि अहिले सजाय भने तोकेको छैन । सजायका लागि अर्को पेसी तोकिने अदालतले जनाएको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
