बेलायत, कोरिया, क्यानडामा मौसमी श्रमिक जाने बाटो खुल्ला
काठमाडौँ । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिए।
कार्यविधि स्वीकृतिसँगै ठूलो मात्रामा श्रमिकको माग हुने बेलायत, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा श्रमिक जानका लागि बाटो खुल्ला भएको छ । कार्यविधि स्वीकृति भएसँगै निःशुल्क रूपमा मौसमी श्रमिक जान पाउने भएको हो । हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाउने गरेको थिएन । कार्यविधिले न्यूनतम दुई वर्ष करार अवधि तोकेर वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि बाटो खुल्ला गरेको छ ।
दुई वर्ष करार अवधि तोकिए पनि यस अघि छ महिनाका लागि माग हुने गरेकाले मौसमी श्रमिक जाने गरेको पाइएको थियो । तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन् । मौसमी कामका लागि युवाको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको मन्त्री कुँवरले जानकारी दिए। गोरखापत्र अनलाइनबाट
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
