यातायात कार्यालय पुगेर उपप्रधानमन्त्री श्रेष्ठले दिए कर्मचारीलाई चेतावनी
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् । कर्मचारीकै मिलोमतोमा विचौलियाबाट पैसा लिएर मात्र काम गर्ने गरेको, सर्वरको समस्या भन्दै विचौलियाबाट पैसा असुल्ने गरेको र फारम भर्न समेत नमिल्ने बनाएर विचौलियामै पुग्नु पर्ने जस्ता बाध्यता बनाएर असुल गरेर दुृख दिने गरेपछि मन्त्री श्रेष्ठले ठाडो रुपमा चेतावनी दिएका हुन् ।
कार्यप्रणाली तत्काल सुधार गर्न निर्देशन दिन्छ होइन भने हेरेर बस्दैनौ हामी उनले भने । मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलो भर्याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं ।’
स्थलगत अवलोकन गरेर प्रत्यक्ष रुपमै समस्या जान्न अनुगमनमा आएको भन्दै उनले समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने बताए ।
कतिपय समस्या समाधान गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउने भन्दै श्रेष्ठले अघि भने, ‘केही समय मात्र पर्खिनुस् ।’ कति समय लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।’
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
