गण्डकीमा मन्त्रालय सङ्ख्या घटाएर सातमा झार्ने
पोखरा । गण्डकी प्रदेशमा यसअघि कायम भएका मन्त्रालय सङ्ख्या घटाएर मन्त्रिमण्डल विस्तार गरिने भएको छ। प्रदेशमा यसअघि १२ मन्त्रालय रहेकोमा घटाएर अब सात वटा कायम गर्ने सहमति भएको छ।
मुख्यमन्त्री खगराज अधिकारीले डाकेको सत्ता गठबन्धनका दलको बैठकमा मन्त्रालयको सङ्ख्या घटाउने सहमति भएको हो।
मुख्यमन्त्री अधिकारीले आफू मुख्यमन्त्रीमा नियुक्त हुनेबित्तिकै गण्डकी प्रदेशमा मन्त्रालय घटाउने प्रतिबद्धता समेत जनाएका थिए। दलहरूको सहमतिमा आज वा भोलि मङ्गलबारसम्म सातै मन्त्रालयले पूर्णता पाउने बताइएको छ।
मन्त्रालयको सङ्ख्या सातभन्दा धेरै नबढाउने सहमति भएको गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा बिनाविभागीय मन्त्री सीता सुन्दासले जानकारी दिइन्।
यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्त्वको सरकारले गण्डकीमा ११ वटा मन्त्रालय बनाउने निर्णय गरेको थियो। सुरुमा सात मन्त्रालय बनाइएकोमा पार्टी विभाजनपछि सरकार धरापमा परेपछि गुरुङले मन्त्रालयको सङ्ख्या आठ हुँदै ११ मन्त्रालय बनाउने योजना बनाएका थिए।
उनी नेतृत्त्वको सरकार ढलेपछि कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा १२ वटा मन्त्रालय बनाएका थिए। मन्त्रालय घटाएर सात वटामा झारेपछि एमालेले मुख्यमन्त्रीसहित चार, माओवादीले दुई र राप्रपाले एक मन्त्रालय पाउने सम्भावना छ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
