भारतीय नागरिकलाई नागरिकता दिलाउन खोज्ने जेलमा, वडाध्यक्ष फरार
जनकपुर । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित पाँचजनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट पक्राउ आदेश जारी भएपछि डाक्नेश्वरी नगरपालिका– ३ का वडाध्यक्ष भागेश्वर यादव फरार छन्।
नेपालमा मामाघर रहेका भारतीय नागरिक धिरज मुखिया नेपाली नागरिक हुन् भन्दै उनलाई नेपाली नागरिकता दिलाउन भागेश्वरसहितका पाँच जनाले सर्जमिन सनाखत गरेको आरोप छ।
व्यक्तिगत घटना दर्ता पुस्तिकामा २०५९ भदौ २१ को जन्म मिति राखेर ०७७ चैत १३ को मितिमा वडाले जन्म दर्ता प्रमाण पत्र दिएको थियो। सोही जन्म दर्ता र सिफारिसको आधारमा पुस ८ मा माइजू फुलियादेवी मुखिया र धिरज इलाका प्रशासन कार्यालय बोदेबरसाइन पुगेका थिए।
प्रशासनले उनीहरूबारे शङ्का लागेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा धिरज नेपाली नभई भारतीय नागरिक रहेको खुल्यो अनि दुवै पक्राउ परे। नागरिकता सम्बन्धी कसुर र सरकारी कागज किर्तेमा दुबै जना शुक्रवार पुर्पक्षका लागि कारागार चलान भएका छन्। वडाध्यक्ष लगायतकालाई पक्राउ गर्न आदेश जारी भयो।
प्रारम्भिक अनुसन्धानमा एक लाख ५० हजार लिएर जन्म दर्ता गराएको र सिफारिस गराएको देखिएपछि वडाध्यक्षसहितको नाममा पक्राउ आदेश जारी भएको हो। त्यसमा वडाध्यक्षसहित स्थानीय प्रहरीको समेत मिलेमतो देखिएको छ।
स्थानीय देवन राय, रामस्वरूप विश्वकर्मा, मङ्गल मुखिया, कपलेश्वर ठाकुर र रञ्जित मुखियाले सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेका छन्। सर्जमिन वडाध्यक्ष यादवको रोहवरमा भएको थियो।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
