दुर्गम पुग्न कठिनाइ हुँदा गाउँपालिकाको सेवा काठमाडौँमै
काठमाडौँ । पूर्वको कर्णाली भनेर चिनिने चीनको सीमावर्ती क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाले काठमाडौँमा शिविर सञ्चालन गरी गाउँपलिकाबासीलाई सेवा प्रदान गर्ने भएको छ । दुर्गम र विकट क्षेत्रमा रहेको सङ्खुवासभाको यस गाउँपालिकाले गाउँ पुग्न नसक्ने र आर्थिक रूपमा ठुलो भार बेहोर्नु पर्ने भन्दै काठमाडौँमा पाँच दिने दर्ता शिविर सञ्चालन गर्ने भएको छ ।
दुर्गम क्षेत्र पुग्न समस्या हुने भएपछि काठमाडौँमै शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष वाङ छेदर लामाले जानकारी दिनुभयो । व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धीका कार्यहरू लगायतका सामान्य प्रकृतिका सेवा लिन गाउँपालिका पुग्नु पर्ने र हिजोआज हिमपात र अन्य समस्याले गाउँपालिकामा पुग्न समस्या हुने भएकाले सेवा दिन यो शिविर आयोजना गरिएको अध्यक्ष लामाले बताउनुभयो । शिविरले भोटखोलाबासीलाई राहत मिल्ने विश्वास गाउँपालिकाले लिएको छ ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली अन्तर्गत व्यक्तिगत घटना दर्ता गर्नु पर्ने अनिवार्य रहेको छ । भोट खोलाका करिब पाँच हजार बढी जनसङ्ख्या रोजगार र अन्य सिलसिलामा काठमाडौँमा आइ अस्थायी रूपमा बसोबास गर्ने गरेको गाउँपालिकाको तथ्याङ्क छ ।
गाउँपालिकाले २०७९ साल माघ २२ गते देखी २६ गते सम्म कपन स्थित ११ डाईमण्ड रेष्टुरण्ट एन्ड क्याफे परिसरमा बिहान १० बजे देखि साँझ ४ बजे सम्म शिविर सञ्चालन गर्ने जनाएको छ । बुढानीलकण्ठ १० कपन स्थित आकाशे धारा गैरी गाउँमा शिविर हुने र आवश्यकता अनुसार ९८५२०९९७५३ नम्बरमा समेत सम्पर्क गर्न सकिने जनाएको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
