नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीलाई सोधियो स्पष्टीकरण
काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले तीन विषयमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले पदीय दायित्व पुरा नगरेको सम्बन्धमा तीन दिने स्पष्टीकरण सोधेको हो । प्राधिकरणले १७ चैतको निर्णय अनुसार र्याम्प सेफ्टी प्रोटोकल पालना नगरेको सन्दर्भमा २० चैतमा तालिम लिई सात दिन भित्र प्राधिकरणमा प्रमाणपत्र पेश गर्न निर्देशन दिएको थियो । सो प्रमाणपत्र नआएपछि नेवानिका अध्यक्ष स्पष्टीकरणको दायरामा आएका हुन् ।
साथै उनले अपरेसन डाइरेक्टरमा क्याप्टेन उद्धव घिमिरेलाई नियुक्त गरेको सन्दर्भमा समेत प्राधिकरणले स्पष्टीकरण मागेको छ । ११ अप्रिलका दिन काठमाडौं–हङकङ–काठमाडौं उडानमा रहेका प्रमुख वायुयान चालक आरके शेरचनलाई निलम्बन गरेको सन्दर्भमा समेत प्राधिकरणले प्रश्न उठाएको छ । प्राधिकरणले उडानका दौरान पाइलटमाथि कारवाही गर्दा उडान सुरक्षामा प्रतिकुल प्रभाव पर्ने उल्लेख गरेको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
