चीन प्रवेश गर्न ६४० जनालाई अनुमति
६४०जनाले पाए सिमा प्रबेश अनुमतिपत्र
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्न भोटखोला गाउँपालिका र संखुवासभा जिल्ला प्रशासनले ६ सय ४० जनालाई सीमा प्रबेश अुनमतिपत्र वितरण गरेको छ । संखुवासभाको सीमावर्ति भोटखोला गाउँपालिकाको पहलमा स्थानीय १ नं वडा र २ वडाका बासिन्दालाई उपभोग्य सामान किनबेच गर्न तिब्बत प्रवेशका लागि परिचयपत्र उपलब्ध गराएको पालिका प्रमुख वाङछेदर लामाले बताए ।
भोटखोलाका किमाथांका,रिदाक,छुम्सुर,थुदाम,गुम्बा,लिङगम,च्याम्ताङ हटिया,हुङगुङ समेतका स्थानका बासिन्दाको उपभोग्य सामान किनबेच केन्द्र तिब्बतको डेन्दाङ र चाङगा बजार हो । किमाथांका नाकाबाट अवतजवत गर्नलाई सहज बनाउनको लागी स्थानिय सरकारको हैसियतले गर्नु पर्ने सबै तयारी पुरा गरेको भोटखोला गाउँपालिका प्रमुखले नेपाल डिटेललाई बताएका छन् ।
अब दशैैपछि भोटखोलाका ३, ४ र ५ वडाका बासिन्दालाई पनि चीन प्रवेशको लागि प्रवेशपत्र बितरण गरिने पालिकाले जनाएको छ । चीन प्रवेश परिचयपत्र पाउने स्थानीयले चीनको ३० किलोमिटर क्षेत्रमा पुग्न पाउँछन् ।
भोटखोलाका बासिन्दा सदरमुकाम खाँदबारी आउन ७ दिनसम्म हिड्नु पर्ने भएकोले उनीहरुको क्रयबिक्रय केन्द्र चीनको डेन्दाङ र चाङगा नै हो ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
