आइसीसी विश्वकप क्रिकेट लिग–२ः नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनीहरुको स्थानमा गुलसन झा र आरिफ शेखलाई समेटिएको छ ।
अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा बसेका हुन् नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी र ललित राजवंशी छन् । बेन्चमा भने देव खनाल, पवन सर्राफ, सोमपाल कामी र सूर्य तामाङ छन् ।
भर्खरै
-
दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरण को नयाँ अभियान
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली