आइसीसी विश्वकप क्रिकेट लिग–२ः नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनीहरुको स्थानमा गुलसन झा र आरिफ शेखलाई समेटिएको छ ।
अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा बसेका हुन् नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी र ललित राजवंशी छन् । बेन्चमा भने देव खनाल, पवन सर्राफ, सोमपाल कामी र सूर्य तामाङ छन् ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
