कतारमा आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षा निरन्तर प्रमुख विषय बन्ने क्रम जारी
काठमाडौं । कतारमा आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षाको प्रश्न बारम्बार उठ्दै आएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदनु(२०२२)मा पनि त्यसबारे उल्लेख छ।
त्यसमा भनिएको छ,’आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षा निरन्तर प्रमुख विषय बन्ने क्रम जारी छ। सन् २०२१–२२ मा ३९ जना महिलासहित एक हजार ३ सय ९५ जना नेपाली आप्रवासी कामदारहरूले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको विवरण आएको थियो। अधिकांश मृत्यु ‘प्राकृतिक कारण’ले भएका थिए भनेर गन्तव्य मुलुकहरूले प्रमाणित गरेका छन्। मलेशिया, साउदी अरेबिया, कतार र यूएईमा सन् २०१९/२० र २०२० र २१ मा वार्षिक रूपमा १५० भन्दा बढी नेपाली आप्रवासी कामदारहरूको मृत्यु भएका घटनाका विवरणहरू आएका छन्।’
प्रतिवेदनमा उल्लेख्य सङ्ख्यामा नेपाली आप्रवासी कामदारहरू मध्यम तथा कडा खालका चोटपटक र रोग लिएर घर फर्किएको पाइएको पनि उल्लेख छ। त्यस्ता स्वास्थ्यसम्बन्धी समस्याहरू उनीहरूको कामसम्बन्धी सुरक्षासँग सम्बन्धित रहेको देखिएको प्रतिवेदनमा जनाइएको छ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
