लेभिटको अर्धशतकमा नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य
काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १८५ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो ।
नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे ।
स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
