नेपाललाई नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य

काठमाडौं।त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।
टस जितेर नेपाललाई फिल्डिङकाे निम्तो दिएको नेदरल्यान्डस्ले १९. ३ ओभरमा नेदरल्याण्ड्सले सबै १० विकेट गुमाएर १२० रन बनाएको हो ।
बलिङतर्फ नेपालका करण केसिले पहिलो ओभरमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए। त्यस्तै प्रतिश जिसी ३ विकेट, कुशल मल्ल २ विकेट दिपेन्द्र सिंह ऐरी १ विकेट लिएका थिए। दाेस्राे इनिङकाे खेल केही समयमा सुरु हुदैछ ।