त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
काठमाडौं । क्यानले हङ्कङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्यस्तै छनोट हुने अन्य खेलाडीमा कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, प्रतिश जिसी, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी र अभिनाश बोहरा छन् ।
नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाह भने टोलीमा समावेश छैनन् । क्यानका अनुसार उक्त शृङ्खलामा हङ्कङसहित नेपाल र पपुवा न्यूगिनीले सहभागिता जनाउने छन् ।
यही फागुन २६ गते नेपाल र हङ्कङले फ्रेन्डसिप कपको नाममा एक ट्वान्टी ट्वान्टी खेल खेल्ने क्यानले जनाएको छ । त्यस्तै क्यानका अनुसार फागुन २७ गते नेपालले हङकङसँग खेल्नेछ भने २९ गते पपुवा न्यूगिनीसँग खेल्नेछ । त्रिकोणात्मक सिरिजको फाइन खेल भने फागुन ३० गते हुने तालिका छ ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
