टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने
काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुने भएको छ ।
आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारणले रद्द भएपछि डच टोली ५ अंकमा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । अंक बाढ्न बाध्य भएपछि नामिबिया ३ अंकमा पुछारमा रह्यो । समान चार खेलमा चार अंक रहेको नेपाल समुहमा दोस्रो स्थानमा रहँदै फाईनलमा पुगरको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भारी वर्षा भएपछि १५ ओभरको खेलमात्र सम्भव भएको थियो । खेल रोकिनुअघि नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । त्यसपछि खेल सम्भव भएन र दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् । नेपाल र नेदरल्यान्डस् बिचको फाइनल खेल मंगलबार त्रिवि मैदानमा हुनेछ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
