शेयर बजारमा सर्किट, कारोबार रोकियो
काठमाडौं । राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।
आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ ।
कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
