गठबन्धनको पराकम्पः माओवादी कोटाका दुई मन्त्री बर्खास्त
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। केन्द्रमा भएको सत्ता समिकरणमा भएको परिवर्तन भएसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादी कोटाबाट मन्त्री भएका दुईजनालाई बर्खास्त गरेका हुन् ।
बर्खास्त हुनेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगर र सामाजिक विकास मन्त्री सुशीला सिंखडालाई मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्री पदबाट हटाएका हुन्। मगर म्याग्दीबाट र सिंखडा गोरखाबाट निर्वाचित भएका सांसद हुन्।
कांग्रेसले काम गर्न असहयोग गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँग गठबन्धन तोड्दै नेकपा (एमाले) र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए।
नयाँ गठबन्धनले संघीय र प्रदेश सरकारहरूमा पनि आलोपालो सरकार चलाउने सहमति गरेको थियो। संघीय सरकारमा नयाँ गठबन्धनबाट सोमबार नै ३ जना मन्त्रीले शपथ लिइसकेका थिए। त्यसपछि स्वतस् कांग्रेससहित दलका मन्त्री हटेका थिए। संघमा प्रधानमन्त्री दाहालले गठबन्धन तोडेकोले त्यसको असर प्रदेशमा पनि देखिन थालेका छन्
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन्। बहुमतका लागि ३१ जना सांसद चाहिन्छ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
