एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतक सुनिता बराल नियुक्त
काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् ।
संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।
प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्।गिरीको स्थान बर्तौलाले लिँदा एमाले सचेतकमा समानुपातिक सांसद सुनिता बरालले अवसर पाएकी छन्।
सुनिता अनेरास्ववियुको अध्यक्ष हुँदा बर्तौला उपाध्यक्ष थिए। प्रतिनिधिसभाको प्रमुख सचेतक बनाएका बर्तौला एमालेमा बौद्धिक युवा नेताका रुपमा परिचित छन्।
उनले २०७९ को चुनावमा मकवानपुर क्षेत्र नम्बर २ मा आफ्नै गुरु एवम् नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई हराएका थिए।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
